८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने कुरा सधैँ कुरामै रह्योः मेयर बालेन



काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको आलोचना गर्दै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् । आइतबार कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूले कार्यपालिका बैठक बोलाउन माग गर्दै बालेनलाई निवेदन दिएका थिए । वडाअध्यक्षहरूले निवेदन दिएपछि असन्तुष्ट बनेका बालेन उपप्रधानमन्त्री सिंहमाथि खनिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो । कहिले गर्ने हो ? मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देशचाहिँ नहराउनुहोला । यत्रो गणेशमान सिंह, पी.एल. सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनुहोला ।’

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।