८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोटेश्वर-बालकुमारी सडकबाट बल्ब चोरी



काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले सडकमा जडान गरेको बल्ब चोरेको आरोपमा एक जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ । नगर प्रहरीले दोलखा घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका काँडाघारीमा बस्ने ३४ वर्षीय सुदीप बस्नेतविरुद्ध अभियोग पत्र दायर गरेको हो ।

बस्नेतलाई नगर प्रहरीले कोटेश्वर-बालकुमारी सडकबाट बल्ब चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । कोटेश्वर क्षेत्रको अइल्याण्डमा जडित बत्तीहरू पटक–पटक हराउन थालेपछि नगर प्रहरीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा गत फागुन १५ गते दिउँसो ३ बजे तार चुँडालेर बल्ब खल्तीमा हाल्दै गर्दा बस्नेतलाई नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त बल्बको मूल्य चार हजार ३५८ रुपैयाँ रहेको महानगरले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ७ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।