८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन



विराटनगर । प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय अधिवेशनले अध्यक्ष पदमा गणेश पाण्डेसहित ९९ सदस्यीय कार्य समिति चयन गरेको छ । प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष एवं अध्यक्ष मण्डलका सदस्य गणेश बस्नेतका अनुसार उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विक्रम लुइँटेल, प्रदीप आचार्य, नरेश भण्डारी र विष्णु तारुके निर्विरोध निर्वाचित भएक हुन् ।

अधिवेशनले लेखा आयोग, अनुशासन आयोग, नीति तथा प्रशिक्षण आयोग र निर्वाचन आयोगका संयोजक पनि निर्विरोध निर्वाचित गरेको नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले जानकारी दिए । अधिवेशनमा १०९ मनोनीतसहित ९२३ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।