काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलोमा कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ। सहचालक घाइते छन्।
आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो।
दुर्घटनामा परी ट्रक चालक रौतहटका रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ।
प्रतिक्रिया