७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु



काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु भएको छ । तीनधारा पाठशाला अगाडि रथ निर्माण कार्य सुरु भएको हो । आउँदो शनिबार चैते दसैँदेखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ रथ यात्राको लागि तयारी स्वरूप रथ निर्माण भइरहेको हो ।

केल टोलस्थित मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारा पाठशालामा ल्याइ पुर्‍याई रथमा विराजमान गराइ सके पछि रथयात्रा सुरु हुने गर्छ ।

जात्राको पहिलो दिन जमल देखि असन, दोस्रो दिन असन देखि हनुमान ढोका, तेस्रो दिन लगन सम्म पुर्‍याइन्छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।