५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुन र चाँदीको भाउमा भारि गिरावट



काठमाडौं । सुन र चाँदीको मूल्यमा भारि गिरावट भएको छ । यसदिन सुन प्रतितोला तीन हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी १२५ रुपैयाँले घटेको हो । दैनिक नयाँ रेकर्ड बनाइरहेको सुनको एकै दिन ठूलो गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबारको बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा किनबेच भएको छ । बिहीबारको बजारमा चाँदी तोलाको एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।