१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जाजरकोट केन्द्रविन्दु भएर ३ मिनेटमा २ भूकम्प, दुवै ५ रेक्टरमाथिका



काठमाडौं । शुक्रबार साँझ जाजरकोट केन्द्रबिन्दु भएर २ वटा भूकम्प गएको छ । जाजरकोट केन्द्रविन्दु भएर तीन मिनेटको बीचमा दोस्रो भूकम्प गएको हो । साँझ ८ बजेर ७ मिनेटमा जाजरकोटको पैंक क्षेत्र केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएकोे हो भने ८ बजेर १० मिनेटमा ५.७ म्याग्निच्युडको भूकम्प गएकोे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

भूकम्पले कर्णालीका सुर्खेत, दैलेख, कालिकोट लगायतका छिमेकी जिल्ला र सुदूरपश्चिममा समेत धक्का महसुस भएको थियो।

यसअघि बिहीबार अपराह्न ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।