काठमाडौं
कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक अभिनन्दन गरिएको छ ।
काठमाडौंमा नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर श्रोष्ठको अभिनन्दन गरिएको हो । साहित्यिक पत्रकार संघको नेतृत्वमा भएको अभिनन्दन कार्यक्रममा साहित्यकार श्रेष्ठकै उचाइ उचाइ बराबरको अभिनन्दनपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पूर्वराजदूत केदारभक्त माथेमा र कार्यक्रम एवम् साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले श्रेष्ठलाई अभिनन्दनपत्र हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठबारे विभिन्न व्यक्तिहरूद्वारा लेखिएका आलेख र उहाँका विभिन्न व्यक्तित्वबारे जानकारी दिने अभिलेख समावेश गरिएको “नरेन्द्रबहादुर श्रेष्ठ ः आलेख र अभिलेख” पुस्तकको लोकार्पण पनि भयो ।
अभिनन्दनपछि नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो साहित्यिक र कलायात्रा क्रममा जीवनको अविस्मरणीय दिन भएको उल्लेख गरे ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले नेपाली कविता, कला, समाजसेवा र अध्यात्म यी चार क्षेत्रमा नरेन्द्रबहादुर श्रेष्ठको योगदान अविस्मरणीय रहेको बताए । उनले भने– “उहाँलाई नरेन्द्रबहादुर बनाउनमा उहाँकी आमा र धर्मपत्नीको योगदानलाई हामीले बिर्सन हुँदैन ।”
प्रतिक्रिया