८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुनधारामा सर्वसाधारण कुट्ने चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो



काठमाडौं । ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको घटनामा ४ जनालाई ट्राफिक प्रहरीलाई कारबाही गरिएको छ। बिहीबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त घटनाका ४ जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको बताएको हो।

ट्राफिक प्रहरीले एक जना सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको देखिने भिडिओ बिहीबारदेखि सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ। ‘प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको र उक्त कार्यमा संलग्न देखिएका ४ जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त जनसेवाबाट हटाइ काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा झिकाइएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनीहरूमाथि थप छानबिन र अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता दीपक गिरीले जनाएका छन्।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।