१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


बारपाकमा फोटोपत्रकार तिमल्सिनाको प्रर्दशनी



गोरखा
राजधानी बसेर फोटोपत्रकारिता गरिरहेका फोटोपत्रकार प्रकाश तिमल्सिनाले गोरखाको बारपाक पुगेर एकल फोटोप्रर्दशनी गरेका छन् ।
२०७२ वैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु रहेको ७ दशमलव ८ म्याग्निच्यूडको विनाशकारी महाभुकम्पमा परेर यहाँका संरचना ढल्नुका साथै अकल्पिनिय क्षतिको स्मरणमा उनले फोटोप्रर्दशनी गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनको फोटो प्रदर्शनीको उद्घाटन गरेका छन् । भूकम्पका बेला खिचिएका बारपाकका ६० वटा फोटो प्रदर्शनीमा राखिएको पत्रकार तिमिल्सिनाले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री दाहालसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टलगायत स्थानीयबासीले प्रदर्शनी अवलोकन गरेका छन् ।
भूकम्पका कारण केन्द्रबिन्दु बारपाक गाउँमा मात्र ७२ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।