काठमाडौं
सुन उच्च मूल्यले बढेको छ । आज सुन ५ हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५५ रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ८१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६८४ रुपैयाँ ५० पैसा कायम भएको छ ।
प्रतिक्रिया