एजेन्सी । भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय हमलामा भएको क्षतिबारे जानकारी दिएका छन् ।
पाकिस्तानी अखबार डनका अनुसार बुधबार बिहान पत्रकार सम्मेलनमा भारतले छ वटा क्षेत्रमा गरेको आक्रमणमा २६ सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएको बताएका हुन् । उनले भारतले गरेको यो आक्रमणका कारण ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएको जानकारी दिए। चौधरीका अनुसार आक्रमणबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ ।
यो कारबाही अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो। सो आक्रमणमा एक नेपालीसहित २८ पर्यटकको मृत्यु भएको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै आएको थियो । तर पाकिस्तानले आफ्नो संलग्नता नरहेको भन्दै निष्पक्ष अनुसन्धानको माग गर्दै आएको छ ।








प्रतिक्रिया