८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारत र पाकिस्तानबीच उत्पन्न तनावप्रति नेपालद्वारा गहिरो चिन्ता व्यक्त



काठमाडौं । भारतको पहलगाममा २२ अप्रिल २०२५ मा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमण र त्यसमा एक नेपाली नागरिकको निधनपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावप्रति नेपाल सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त अमानवीय आक्रमणको तुरुन्त र स्पष्ट रूपमा निन्दा गरिएको स्मरण गराउँदै आतंकवादको कुनै पनि स्वरूपको विरोधमा नेपालको दृढ अडान रहेको जनाइएको छ ।

नेपालले कुनै पनि शत्रुतापूर्ण गतिविधिका लागि आफ्नाे भूमि प्रयोग हुन नदिने आफ्नो अडान दोहोर्‍याएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपाल सबै प्रकारका आतंकवादी गतिविधिहरूको विरोधमा उभिन्छ र कुनै पनि छिमेकी राष्ट्रविरुद्ध नेपालकाे भूमिको प्रयोग हुन दिइने छैन ।”

नेपालले क्षेत्रीय स्थायित्व र दीर्घकालीन शान्तिको पक्षमा आफू प्रतिबद्ध रहेको बताउँदै भारत–पाकिस्तानबीचको बढ्दो तनाव चाँडै न्यून हुने आशा व्यक्त गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।