८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना



सिरहा
सिरहाको नवराजपुर गाउँपालिकाले आफ्नै आर्थिक विधेयक, २०८१ बुधबारदेखि लागू गर्दै जथाभाबी फोहर गर्नेदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्नेसम्मलाई आर्थिक कारबाही गर्ने व्यवस्था गरेको छ ।

गाउँपालिकाले सार्वजनिक जग्गा, पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गर्ने, जथाभाबी फोहर फाल्ने, पशुचौपाया छाडा छाड्ने, सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने तथा अन्य कानुनविपरीतका कार्य गर्नेलाई जरिवाना र दण्ड सजायको व्यवस्था गरेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै आर्थिक विधेयक, २०८१ को अनुसूची १३ अनुसार, सार्वजनिकस्थल तथा सडकमा जथाभाबी फोहरमैला फालेमा रु पाँच सयदेखि रु दुई हजार ५ सयसम्म, छाडा छाडिएका पशुचौपायाले हानी नोक्सानी पु¥याएमा सो बराबरको क्षतिपूर्ति तिराउने व्यवस्था गरिएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेमा प्रथम पटक रु १० हजार र अर्कोपटक रु १० हजारदेखि रु ५० हजारसम्म जरिवाना लाग्ने उक्त सूचनामा उल्लेख छ ।

साथै सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेमा सो हटाउने खर्च सम्बन्धित व्यक्तिबाटै भराउने व्यवस्था गरेको छ ।

उनीहरुको आवास व्यवस्थापन नहुन्जेलसम्म बसोबास स्थलबाट नहटाउने अनुसूचीमा उल्लेख गरिएको छ । सार्वजनिक पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गरेमा र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएमा रु ५० हजारदेखि रु ५ लाखसम्म जरिवाना तोकिएको छ ।

गाउँपालिकाले व्यक्तिगत घटना दर्ता ३५ दिनभित्र गराउँदा निःशुल्क हुने र समय नाघेर दर्ता गराउनेलाई रु ५० जरिवाना गरिने व्यवस्था गरेको छ ।

गाउँपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा र सडक अतिक्रमणको समस्या बढी भएको उल्लेख गर्दै गाउँपालिकाका अध्यक्ष शिव उद्गार यादवले लागू गरिएको यस आर्थिक कार्यविधिले यो समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।