४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुन मूल्यमा भारी गिह्रावट 



काठमाडौँ
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा रु एक हजार ४ सय घटेको छ । चाँदीमा भने प्रतितोला रु पाँचले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ८ सय कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९ सय ६० मा बेचबिखन भइरहेको छ ।
बिहीबार प्रतितोला सुन रु एक लाख ९२ हजार २ सय र त्यति नै परिमाणको चाँदी रु एक हजार ९ सय ५५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ११ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।