२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारत–पाकिस्तान तनावः नेपालका अन्तर्राष्ट्रिय उडानमा ढिलाइ



काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावको असर नेपालका अन्तर्राष्ट्रिय हवाई उडानहरूमा देखिन थालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी युरोप र मध्यपूर्वबाट नेपाल आउने तथा यहाँबाट प्रस्थान गर्ने जहाजहरूमा औसत एक घण्टा ढिलाइ भइरहेको छ।

गत बुधबार (वैशाख २४) बिहान भारतले हवाई आक्रमण गरेपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको हो। तनावपछि पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न नपाउने अवस्थाले नेपाल आउने अधिकांश अन्तर्राष्ट्रिय उडानहरूलाई वैकल्पिक रुट प्रयोग गर्न बाध्य बनाएको विमानस्थल स्रोतले जनाएको छ।

‘पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न नपाउँदा कतार, दुबई, ओमान हुँदै अरब सागर पार गरेर मुम्बईमार्फत नेपाल आउनुपरेको छ,’ विमानस्थलका महाप्रबन्धक प्रतापबाबु निरौलाले जानकारी दिए। उनले थपे, ‘यो मार्ग लामो भएकाले करिब एक घण्टाको ढिलाइ भइरहेको छ।’

 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।