८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसले भन्यो- आतंकवादविरुद्ध अप्रेसन सिन्दूर जायज



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पहलगाम हमलापछि भारत र पाकिस्तानबीच देखिएको तनावका विषयमा औपचारिक छलफल गरेको छ । आज बसेको पदाधिकारी बैठकपछि भारतले आतंककारी अखडामा गरेको हमलाको पक्षमा रहेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

भारत पहलगाममा आतंककारी आक्रमणपछि विकसित परिस्थितिमा आतंकवादको खिलापमा भएको कारवाही जायज भएको बताए ।

उनले भने, ‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रशय नदेओस् भन्ने पक्षमा छौं ।’

उनले आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानले भारतीय जनतामाथि आक्रमण भएको विषयमा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।