काठमाडौं । ठमेलमा अवस्थित एक रेस्टुरेन्ट भवनमा अचानक भीषण आगलागी भएको छ। आगलागीपछि क्षेत्रभर धुवाँको बाक्लो मुस्लो फैलिएको थियो। घटनास्थलमा तत्कालै काठमाडौँ महानगरपालिका तथा नेपाल प्रहरीको अग्नि नियन्त्रण टोली पुगेर आगो नियन्त्रणमा लिएकाे छ। रेस्टुरेन्ट भवनका माथिल्ला तला पूर्णरूपमा प्रभावित भएका छन्। आगलागीको कारण प्राविधिक जाँचपछि मात्रै खुल्ने जनाइएको छ।
२६ बैशाख २०८२, शुक्रबार
40
Shares
प्रतिक्रिया