२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नयाँ बसपार्कस्थित गेष्ट हाउसमा पुरुष मृत फेला



काठमाडौं । काठमाडौंको नयाँ बासपार्कस्थित होटलमा एक पुरुष मृत फेला परेका छन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ३ घर भएका ४० वर्षीय विनोद खत्री आइतबार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं महानगरपालिका २६ विरेन्द्र ऐश्वर्या मार्गस्थित सगरमाथा गेष्ट हाउसको २०१ नम्बर कोठामा उनी मृत फेला परेका हुन्।

घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।