९ असार २०८२, सोमबार | Mon Jun 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका युवक यसरी परे हनिट्रयापमा



ललितपुर । ललितपुरको धापाखेल बस्ने एक व्यावसायीले आफु हनिट्रयापमा परेका बताएका छन् । दोहोरी साँझमा भेटिएकी युवतीले आफुबाट एक वर्षमा नगद र गहना गरेर उनले ९२ लाख लिएकी उनले बताएका छन् ।

दोहोरी साँझमा खानपिनमा अस्वभाविक खर्च गर्ने युवाको भेट तारा गुरुङ नामकी सुन्दरीसँग भेट भएको थियो । भेटघाट साँघुरो हुँदै गएपछि पटक–पटक गरेर ति युवाले ९२ लाख रुपैयाँ बाध्यता र धम्कीका कारण दिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनले अनावश्यक माग गर्न थालेपछि विस्तारै टाढिन खोजे पनि धम्कीका कारण तनावमा परेर रकम दिनु परेको उनको निवेदनमा उल्लेख छ । ‘फोन नउठाउँदा म्यासेजबाट धम्की दिन थालिन् । मागे जति रकम नदिए बलात्कार मुद्दामा फसाइदिने धम्की दिन थालिन्’, पीडित युवाले भनेका छन्,‘अनि म शरण माग्न प्रहरीकहाँ पुगें । म हनिट्रयापमा परेको चाल पाएँ ।’

प्रहरीले गुरुङमाथि आपराधिक लाभ मुद्दामा अनुसन्धान जारी राखेको छ । परिसरका अनुसार आपराधिक लाभ र धम्कीमा म्याद थपेर अनुसन्धान भैरहेको छ ।
ताराको मागअनुरूप ताराकै परिवारका सदस्यसहित बसेर २० लाख दिने र सम्पर्कमा नरहने सहमति समेत भएको थियो। तर, त्यो सहमतिविपरित युवालाई निरन्तर धम्की र दबाब दिने गरेको खुलेको छ ।

ताराले पटकपटक बलात्कारको उजुरी दिने धम्की दिँदै रकम मागिरहेको पनि खुलेको छ । ‘ममाथि भौतिक आक्रमण समेत भयो । दाङ र काठमाडौं ओहोरदोहोर मात्र गरिन, नयाँ दिल्लीसम्म पनि भागें’, युवाले प्रहरीमा दिएको बयानमा उल्लेख छ ।

सामाजिक सञ्जाल टिकटक, फेसबुकमार्फत युवाको फोटो राखेर चरित्रहत्या गर्ने शृंखला समेत चलेको थियो। ‘सहन नै नसक्ने भएपछि प्रहरीका गएको हुँ’, उनले भनेका छन्,‘अहिले मुद्दामा अनुसन्धान जारी छ।’

ताराले ४९ लाख रुपैयाँ नगद र बाँकी सुनका गरगहना, तीनवटा आइफोन लिएको खुलेको छ । उनलाई बैंकमार्फत रकम दिएको खुलेको छ । ताराले अन्य युवालाई पनि फँसाएको हुन सक्ने कोणबाट प्रहरीले अनुसन्धान जारी राखेको छ ।

अपराध संहिता, २०७४ अनुसार, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिएको पुष्टि भए एक वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ५ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।