१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरमा पहिरो, मन्त्रीलगायतको टोली अलपत्र



ललितखबर
हिजो दक्षिण ललितपुरको आश्राङमा अकाश्मात् आएको बाढीका कारण पहिरो गएको छ । पहिरोले सडक अवरुद्ध हुँदा वागमती प्रदेसका श्रम रोजगार तथा यातयातमन्त्री प्रेमभक्त महर्जनलगायतको टोली फर्कन नसकेपछि अलपत्र परेका छन् ।
सोमबार साँझ दक्षिण ललितपुरमा भिषण बर्षा भएपछि वागमती गाँउपालिका ६ आश्राङस्थित रुम्बा र वडा नंं ४ प्युटारको गडीभञ्ज्याङमा पहिरो गएको थियो ।
वागमती गाँउपालिका ७ गिम्दीमा भलिवल खेल शुभारम्भ कार्यक्रममा सहभागी हुन मन्त्री महर्जन सहितको टोली दक्षिण ललितपुर पुगेको थियो ।
वर्षापछि मन्त्री महर्जनसहितको टोली गिम्बदीबाट प्युटारसम्म आएको तर गडीभञ्ज्याङमा पहिरोको कारण सडक अवरुद्ध भएपछि स्थानीय चन्द्रसूर्य गेष्ट हाउसमा बसेर फर्केको स्थानीय प्रकाश थिङले ललितखबरलाई जानकारी दिए ।
गाउपालिका ५ आश्राङका वडाध्यक्ष नारायण भोम्जनका अनुसार गडीभञ्ज्याङको पहिरो राती अबेर खुलेको थियो भने रुम्बाको पहिरो आज विहान खुलाइएको छ । वडाध्यक्ष भोम्जनले भने, ‘जेसिविमा पर्याप्त तेल नभएकाले राम्रोसँग सडक खुलेको छैन । चाडै सुचारु हुन्छ ।’

सडक खुलेपछि मन्त्री महर्जनलगायतको टोली हेटौडा प्रस्थान गरिसकेको वडाध्यक्ष भोम्जनले जानकारी दिएका छन् ।

 

 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ८ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।