९ असार २०८२, सोमबार | Mon Jun 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिन हिरासतमा बसिसकेका मिश्रलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

चैत १५ को तीनकुनेको राजावादीको हिंस्रक प्रदर्शनको नेतृत्वकर्ताहरू मिश्र, दुर्गा प्रसाईं, उसका सहयोगीहरू र शिव सेनाका अध्यक्ष अनिल बस्नेतसहितलाई राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिराखेको छ। ५ दिनअघि उनीहरूलाई आपराधिक उपद्रवको कसुरमा थालिएको छ।

संगठित अपराधमा समेतको कसुरमा अनुसन्धान भइरहेकोले प्रहरीले ६० दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न पाउँछ। अन्य ३४ जनामाथि पनि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिराखेको छ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १० : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।