२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


स्वर्णलक्ष्मी सहकारी प्रकरणः कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश



काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न रहेको आरोपमा कांग्रेस सांसद राईलाई प्रहरीले वैशाख १३ गते पक्राउ गरेको थियो ।

मंगलबार राईविरुद्ध २ करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ बिगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।