हाम्रो कारणले चलचित्र फ्लप भएको होइन
ललितखबर
नेपाली चलचित्रमा सर्वाधिक रुचाइएकी अभिनेत्री हुन् । अञ्जना बराइली । उनले अभिनय गरेका महाजात्रा, पुजार सार्की र पूर्ण बहादुरको सारंगीले बक्स अफिसमा राम्रो आम्दानी गरे । उनको सफल ह्याट्रिक चलचित्र पुर्ण बहादुरको सारंगीले त सर्वकालीन सफल चलचित्रको उपमा नै पायो ।
तर पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘डोरी’ व्यावसायिक रुपमा सफल भएन । चलचित्र फ्लप भएको सन्दर्भमा राजधानीमा उनलाई प्रश्न सोझिएपछि अभिनेत्री अञ्जनाले आफूले चलचित्रका लागि १ सय प्रतिशत राम्रो काम गरेको भन्दै आफ्नो कारणले चलचित्र फ्लप नभएको जिकिर गरिन् । भनिन्, ‘हाम्रो कारणले चलचित्र फ्लप भएको होइन ।’
चलचित्र नचलेकोमा आफूलाई दुख लाग्ने तर आफूले त्यो कुरालाई टाउकोमा बोकेर नहिड्ने उनको धारणा थियो ।
प्रतिक्रिया