काठमाडौं
नवनियुक्त गभर्नर डा.पौडेलले गभर्नरको कार्यभार सम्हाल्दै नयाँ नोट छाप्नेसम्बन्धी पहिलो निर्णय गरेका छन्। आजै शपथ लिएका उनले बालुवाटारस्थित राष्ट्र बैंक पुगेर गभर्नरको कार्यभार सम्हालेका हुन्।
कार्यभार सुरु गरेका उनले ५ सय र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरे। सो क्रममा मौद्रिक नीति र सरकारको वित्त नीतिबीच समन्वय हुने बताउँदै उनले सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले सघाउने प्रतिबद्धता जनाए।
पदभार ग्रहण
नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गगर्दै उनले बैंक तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताए । उनले भने,‘हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ, ।’
त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा.पौडेलले बताउए । त्यस्तै राष्ट्र बैङ्कका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उल्लेख गरे । त्यस्तै, राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्नका लागि राष्ट्र बैङ्क ऐनअनुसार काम गर्ने पनि गभर्नर डा पौडेलको भनाइ छ ।








प्रतिक्रिया