काठमाडौं
काठमाडौंका होटल र रेस्टुरेन्टले अब राति ११ बजेसम्म सेवा सञ्चालन गर्न पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटल व्यवसायीहरूको निरन्तर मागपछि यस्तो निर्णय गरेको हो। पर्यटकीय सहजता र व्यवसायमैत्री वातावरणका लागि यो निर्णय गरिएको प्रशासनले जानकारी दिएको छ।
होटल व्यवसायी संघ काठमाडौंले प्रहरीको हस्तक्षेपले समयअघि नै व्यवसाय बन्द गर्नुपर्दा ग्राहक सन्तुष्टि र व्यवसायमा असर परेको बताउँदै आएको थियो।
संघले रातभर सञ्चालनको अनुमति मागे पनि राति ११ बजेसम्मको अनुमति दिइएको हो। पर्यटन र रोजगारीमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया