९ असार २०८२, सोमबार | Mon Jun 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दाउन्ने सडक खण्ड अवरुद्ध, कान्ति लोकपथ खुल्यो



काठमाडौं । पूर्वपश्चिम राजमार्गको नवलपरासीको दाउन्ने खण्ड अवरुद्ध भएको छ । गएराति परेको पानीले दाउन्ने सडक खण्डको खुर्सानी खोला नजिक सडक भत्किएको छ । बर्दघाट नगरपालिका–४ अन्तर्गत पर्ने खुर्सानी खोलामा भत्किएको सडक अहिलेसम्म मर्मत नहुँदा गाडी रोकिएका छन् ।

सडकको मर्मत कार्य थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भत्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाले जानकारी दिए ।

दाउन्ने खण्ड केही दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य हुँदै आएको छ । यो सडकमा यात्रा सहज छैन ।
पश्चिमबाट पूर्व जाने गाडी बर्दघाट र पूर्वबाट पश्चिमका लागि छुटेका गाडी दुम्किबास ज्यामिरेमा रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ ।

शनिबार बिहान पनि सामान्य वर्षा भइरहेकोले सडक मर्मतमा कठिनाइ भइरहेको र भत्किएको सडक पानी रोकिएपछि निर्माण कम्पनी, सडक विभागसँग समन्वय गरी सञ्चालनमा ल्याउन पहल भइरहेको छ ।

कान्ति लोकपथ सञ्चालनमा

यसबीच हेटौँडा र काठमाण्डु जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा आएको छ। कान्ति लोकपथको बाग्मती पुल खण्डको बाटो मर्मत गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, शनिबार  २ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।