१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोटेश्वरबाट करिब २९ लाख नगद र सुन चाँदीसहित भारतीय युवक पक्राउ



काठमाडौं । काठमाडौं कोटेश्वरबाट प्रहरीले नगद र सुन चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुन गाल्ने कारखानामा छापा मारेर एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका २७ वर्षीय योगेश श्रीमन्त मगर छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले कारखानाबाट स्रोत नखुलेको २८ लाख ९३ हजार नगद बरामद गरेको छ । ९ केजी ५ सय ग्राम चाँदी र अवैध तरिकाले संकलन गरिएको ७ सय ३४ ग्राम सुन पनि प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।