१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बल्खुबाट लागुऔषध र नगदसहित ४ जना पक्राउ



काठमाडौं । प्रतिबन्धित लागुऔषध ट्रामाडोल र नगदसहित ४ जना पक्राउ परेका छन् ।

बल्खुमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बल्खु सडक खण्डमा शङ्कास्पद तवरले हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली, गोलञ्जोर– २ घर भई काठमाण्डु बूढानीलकण्ठ– ४ का २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रे, धुलिखेल– २ घर भई टेकु बस्ने २३ वर्षीय को रविन श्रेष्ठ, नुवाकोट– तारकेश्वर– ४ घर भई टेकु बस्ने २१ वर्षीय सुरेन्द्र अछामी र धादिङ, त्रिपुरासुन्दरी– ४ घर भई टेकु बस्ने २५ वर्षीय विजय आले मगर छन् ।

उनीहरुबाट १०६७ थान ट्रामाडोल र १९ हजार ५ सय नगद बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  २ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।