१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पूर्वसभामुख महराविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी रोशनी शाही मृत फेला, भेटियो सुसाइट नोट



भक्तपुर । रोशनी शाही मृत फेला परेकी छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित डेरामा बस्ने जाजरकोट स्थायी घर भएकी शाही आइतबार दिउँसो १ः५० बजे मृत फेला परेकी हुन्। कोठाभित्रबाटै बन्द गरेको अवस्थामा उनी मृत फेला परेको भक्तपुर प्रहरीले जानकारी दिएको छ । उनका श्रीमान् चित्रजंग शाही भने उपत्यका बाहिर रहेको र उनलाई खबर गरिसकेको पनि प्रहरीले जनाएको छ । उनका छोराछोरी विदेशमा छन्।

कोठा भित्रैबाट बन्द गरेको अवस्थामा घरधनीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोडेर हेर्दा उनी कोठाभित्रै घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्। उनको शरीरमा अन्य चोट देखिएको छैन। उनको कोठामा सुसाइट नोट समेत फेला परेको प्रहरीले जनाएको छ । उनी बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरको पहिलो तलामा मृत फेला परेको प्रहरीले जनाएको छ।

स्वास्थ्य सेवाकी कर्मचारी शाहीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिएकी थिइन्। सोही आधारमा महरा पक्राउ समेत परी मुद्दा चलेकोमा पछि सफाइ पाएका थिए।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ६ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।