१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रोशनीको दुई पेजको सुसाइड नोट–जीवनदेखि हार खाएँ



काठमाडौं । भक्तपुरको सुर्यविनायकमा मृत अवस्थामा फेला परेकी रोशनी शाहीले लेखेको सुसाइड नोट प्रहरीले फेला पारेको छ । घटनास्थलमा भेटिएको दुई पेज लामो नोटको ‘परीक्षण’ गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी ढुण्डिराज नेउपानेले बताए ।

शाही जेठ ११ मा दिउँसो सुर्यविनायक नगरपालिका–३ स्थित आफू बस्ने फ्ल्याटमा मृत अवस्थामा फेला परेकी थिइन् । बालकोट वृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको घरको पहिलो तलामा शवसँगै भेटिएको नोटमा उनले आफ्नो छोरालाई सम्बोधन गरेकी छन् । छोराको लागी केही गर्न नसकेको भन्दै उनले लेखेकी छन्– ‘जीवनदेखि हार खाएँ ।’

नोटमा लेखिएको छ– ‘छोरा, मैले तिम्रो भविष्यको लागी केही गर्न सकिनँ, जीवनदेखि हार खाएँ, तिमीलाई पैसा पठाउन नसके आत्महत्या गर्छु सोचेको थिएँ ।’ उनले बाँकेको कोहलपुरमा भएको १७ कट्ठा सम्पत्तिबारे पनि उल्लेख गरेकी छन् । रोशनीका छोरा अमेरिका र छोरी पनि विदेशमा बस्छिन् ।

श्रीमान चित्रजंग शाही १५ दिनअघि विराटनगर गएका थिए । लामो समयसम्म ढोका नखुलेपछि घरधनीले चित्रजंगलाई फोन गरेर जानकारी गराए । डिप्रेसनको औषधी खाने हुनाले ढोका फोडेर हेर्न चित्रजंगले नै आग्रह गरेपछि घरधनीले प्रहरीलाई खबर गरे । परिसर भक्तपुरका डीएसपी नेउपाने भन्छन्– ‘हामीले जनप्रतिनिधिको रोहबरमा ढोका फुटाएर हेर्दा उहाँ मृत अवस्थामा हुनुहुन्थ्यो ।’

शवको पोस्टमार्टम र भिसेरा परीक्षण गर्न उनको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । फ्ल्याटमा उनी घोप्टो परेर मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  २ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।