काठमाडौँ
काठमाडौँको बसुन्धरामा दुर्घटनामा स्कुटर दुर्घटनामा युवतीको निधन भएको छ ।
प्रहरकिा अनुसार काठमाडौँ महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौँको चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको निधन भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा आज निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते पैदलयात्रुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।
प्रतिक्रिया