१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नागढुङ्गाबाट लागूऔषधसहित १ जना पक्राउ



काठमाडौं । लागूऔषधसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५८० ट्याबलेटसहित सुनसरीको रामधुनी नगरपालिका–३ बस्ने २२ वर्षीय अजित परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले झापाबाट काठमाण्डुतर्फ आउँदै गरेको प्र ०१–०१–००१ ख ४३७१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ । लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  १० : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।