१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै होहल्ला गर्दै संसदको नियमित प्रक्रियामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

विपक्षी दलहरुले भिजिट भिषा प्रकरणको निष्पक्ष छानविनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरे । राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने भन्दै विपक्षी दलहरुले सदनमा होहल्ला र नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।