४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


लाइसेन्स छपाइ ३ दिन बन्द हुँदै



काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य तीन दिनका लागि स्थगित हुने भएको छ। यातायात व्यवस्था विभागले छपाइ मेसिन मर्मतका लागि जेठ २७ गतेदेखि २९ गतेसम्म लाइसेन्स छपाइ बन्द रहने जनाएको हो।

विभागका अनुसार छपाइ मेसिनको नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले सो अवधिमा कुनै पनि सवारी लाइसेन्स प्रिन्ट गरिने छैन।

विभागले विशेष रूपमा अत्यावश्यक प्रयोजनका लागि सवारी चालक अनुमति पत्र आवश्यक पर्ने सेवाग्राहीलाई जेठ २५ गतेभित्र नै निवेदन दर्ता गरी स्वीकृति (एप्रुभ) भएको यकिन गर्न सुझाव दिएको छ। अन्यथा, छपाइ बन्दको कारण सेवामा ढिलाइ हुन सक्ने विभागको भनाइ छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ४ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।