१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीलाई बदलाको राजनीति नगर्न माधव नेपालको चेतावनी



 

काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई बदलाको राजनीति नगर्न चेतावनी दिएका छन् ।
आइतबार पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने,‘वर्तमान सरकार बदलाको भावनाबाट सञ्चालित छ। हामीले भनेका छौँ सरकार यो वा त्यो बहानामा बदला लिने उद्देश्यले सञ्चालित नहोस् ।’

पतञ्जली प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

नेपालले आफु सुशासनको पक्षपाती भएकोले अनुसन्धान हुनुनै हुदैन नभनेको स्पष्ट गरेका छन् । उनले भनेका छन्( ुअख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ। अनुसन्धान हुँदै जाला। मैले अनुसन्धान हुनुहुँदैन भनेको छैन। म सुशासनको पक्षपाती हुँ। तर, मैमाथि यो किसिमको आरोप लागेको छ। यसको कानूनी उपचार हुन्छ। हाम्रा कानूनका जानकार साथीहरुले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गर्दै हुनुहुन्छ।’

 

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।