२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


लस एन्जलसमा हिंसा जारी, राष्ट्रपति ट्रम्पद्वारा विद्रोह ऐन लागू गर्ने चेतावनी



 

राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा हिंसा जारी रहेमा विद्रोह ऐन लागू गर्ने चेतावनी दिएका छन् । यो कानूनले आन्तरिक हिंसा रोक्न अमेरिकामा सेना तैनाथ गर्न अनुमति दिन्छ । ट्रम्पले भनेका छन्( ुपछिल्लो २ दिनदेखि अवस्था बिग्रँदै गएको छ, यदि विद्रोह भयो भने, म निश्चित रूपमा विद्रोह ऐन लागू गर्नेछु ।ु
अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा जारी हिंसा अन्त्य हुने संकेत देखिएको छैन ।

यद्यपि, लस एन्जलसमा ७ सय मरीन कमाण्डो र ४ हजार राष्ट्रिय गार्डहरू पहिले नै तैनाथ गरिएका छन् ।

साथै, ट्रम्पले जुन १४ मा वाशिंगटन डीसीमा आयोजना हुने आर्मी परेडको क्रममा सम्भावित प्रदर्शनहरूको बारेमा पनि चेतावनी दिएका छन् । उनले यदि कसैले विरोध गरेमा उसले धेरै ठुलो बलको सामना गर्नुपर्ने चेतावानियो दिएका छन् । जुन १४ अमेरिकी सेनाको २ सय ५० औं वार्षिकोत्सव र ट्रम्पको ७९ औं जन्मदिन पनि हो ।

लस एन्जलसको हिंसामा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ। अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने निर्णयको विरुद्धमा यी हिंसात्मक प्रदर्शनहरू भइरहेका छन् ।

हिंसात्मक प्रदर्शनका क्रममा कैयौं व्यापारिक स्थानमा लुटपाट भएको समेत बताइएको छ । अवस्था नियन्त्रण बाहिर गएपछि लस एन्जलसका मेयरले शहरमा कफ्र्यु आदेश जारी गरेका छन् ।

अमेरिकामा विद्रोह ऐन अन्तिम पटक १९९२ मा प्रयोग गरिएको थियो । १८०७ मा लागू भएको विद्रोह ऐनले अमेरिकी राष्ट्रपतिलाई कानून व्यवस्था कायम राख्न र नागरिक अशान्तिलाई दबाउन सेना परिचालन गर्ने अधिकार दिन्छ । यो अन्तिम पटक १९९२ मा लस एन्जलस दंगाको समयमा क्यालिफोर्नियाका गभर्नरको अनुरोधमा लागू गरिएको थियो ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  १० : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।