१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा



काठमाडौं

ललितपुर ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । सरकारले असारको १ गतेदेखि सवारीसाधन सञ्चालन गर्ने तयारीमा रहेको ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल, एप्रोच सडक, कालोपत्रे, र ट्राफिक लाइट जडान समेतको काम भइरहेको छ ।

यो परियोजना आशिष समानान्तर रेलिगर जेभी काठमाण्डुले निर्माण गरिरहेको छ। १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाई ओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको हो।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  १२ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।