३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु, १४ घाइते



काठमाडौं । बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बागलुङको बुर्तिबाङ बजारदेखि यात्रु बोकेर ढोरपाटन–सालझण्डी सडक खण्ड हुँदै सहीखोलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेशको ०१–००१ च १७७५ नम्बरको जिप ढोपाटन नगरपालिका-५ बतासेडाँडामा शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएकाे छ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ। मृतकहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।