काठमाडौं । अहिले (आइतबार बिहान) काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार यतिबेला काठमाडौँ र आसपासका क्षेत्रसहित बागमती प्रदेशका धेरै स्थान, कोसी र मधेस प्रदेशका पनि धेरै स्थानमा वर्षा भइरहेको छ।
यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पनि एक दुई स्थानमा पानी परिरहेको उनले बताइन्।
प्रतिक्रिया