३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शुक्रबारबाट ग्वार्को फ्लाई ओभरबाटै गाडी चल्ने



ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरमा चार दिनपछिदेखि सवारी साधन सञ्चालन हुने भएका छन्। फ्लाई ओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो।

आगामी ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनसँगै फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने भएको हो।

गएको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो।

मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाईनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बाराहीले जानकारी दिए।

निर्माण कार्यमा ढिलाइ भएपछि मन्त्री दाहालले फ्लाई ओभरको पटक पटक निरीक्षण र अनुगमन गरेका थिए।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।