३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना: एक विद्यार्थीको मृत्यु, ७ जना घाइते



काठमाडौं । कलंकीमा स्कुल भ्यान दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कम्पाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना भएको हो । दुर्घटनामा परेर ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

उनको शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुलबाट बाहिर निस्कने क्रममा स्कुल गेटको पिलरमा ठोक्किएर भ्यान दुर्घटना भएको हो । दुर्घटनामा स्कुलका बालबालिका र शिक्षक घाइते भएका छन् ।
घाइते हुनेहरुमा ८ वर्षीया रेश्मा मोक्तान, ९ वर्षीया नेशिया थापा, ९ वर्षीया निकिशा डंगोल, ११ वर्षीया सिमरन खड्का र ९ वर्षीया प्रेमिसा घर्तीमगर घाइते भएका छन् ।
उनीहरु सबैको नेपाल नेसनल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । त्यसैगरी स्कुलका प्राधानन्याकप ४६ वर्षीया सुरज पोख्रेल र चालक ६० वर्षीय हर्कबहादुर कार्की पनि घाइते भएका छन् । घाइतेहरुको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।