त्रिवेणी
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको निधन भएको छ ।
त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा गणेशा एक्कासी बेहोस भएका थिइन् । तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्याएकामा चिकित्सकले गएराति नै मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया