२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रत्नपार्कमा स्कुटर चलाइरहेको बेलामा अचानक आगो लागेपछि…



काठमाडौं । काठमाडौंको मध्य भाग रत्नपार्कमा बुधबार एक प्योर ईभी स्कुटरमा गुड्दागुड्दै आगलागी भएको छ। स्कुटरबाट अचानक धुवाँ निस्किन थालेपछि केही क्षणमै आगो फैलिएको थियो। स्थानीयवासी र ट्राफिक प्रहरीको तत्परतामा आगो नियन्त्रणमा लिन सकिएको हो। घटनामा मानवीय क्षति भने नभएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

सडकमा सामान्य रूपमा गुडिरहेको स्कुटर एक्कासी धुवाँ निकाल्न थालेपछि त्यसले तुरुन्तै आगोको रूप लिएको थियो। घटनास्थलको भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल भएसँगै विद्युतीय सवारी साधनको सुरक्षामाथि फेरि एकपटक प्रश्न उठेको छ।

 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।