बागमती
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय दीपेन्द्र कुमार झाको निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा निधन भएको थियो ।
प्रतिक्रिया