५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चोरीको मोटरसाइकलसहित ग्याङखेलबाट एक व्यक्ति पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–१४ स्थित ग्याङखेलबाट चोरी भएको मोटरसाइकलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंद्वारा जारी प्रेस विज्ञप्ति अनुसार मोटरसाइकल चोरीमा संलग्न एक जना व्यक्तिलाई नागार्जुन नगरपालिका–९ स्थित सडक खण्डबाट नियन्त्रणमा लिइएको हो।

चोरीको घटना असार २२ गते दिउँसो १स्०५ बजेको आसपासमा घटेको थियो। बागमती प्रदेश ०२–०५७ प ५९४६ नम्बरको पल्सर मोटरसाइकल कोठाबाहिर पार्किङ गरिएको अवस्थामा हराएको भनी प्रहरीमा निवेदन दर्ता भएको थियो।
प्रहरीको सक्रिय अनुसन्धानपछि उक्त मोटरसाइकलसहित रौतहट, कडहरीया नगरपालिका–१ निवासी ३० वर्षीय संजिव कुमार कुसवाहलाई असार २२ गते राति ९स्४५ बजे पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, कुसवाह यसअघि २०८० साल असोज २३ गते अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा दर्ता भई धरौटीमा छुटेको पनि प्रहरी अभिलेखमा देखिएको छ। पक्राउ परेका व्यक्तिविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।