७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थापाथली पुलमुनि युवक मृत अवस्थामा फेला, प्रहरीले सुरु गर्‍यो अनुसन्धान



काठमाडौं । काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित पुलमुनि एक युवक मृत अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका–३ का ३५ वर्षीय हरि राईको शव फेला परेका हो । उनी नजिकै रहेको सुकुमबासी बस्तीमा बस्दै आएका थिए।
घटनास्थलमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

काठमाडौं प्रहरी परिसरका अनुसार शवलाई परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। प्रारम्भिक रूपमा मृत्युको कारण खुलेको छैन र प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।

 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।