७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा हडताल अवज्ञा गरेको भन्दै स्कुल गाडी तोडफोड



काठमाडौं । ललितपुरको गोदावरी क्षेत्रमा नेकपा बहुमतनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूले युलियन्स स्कुलको गाडी तोडफोड गरेका छन्। संगठनले देशभरका शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेको भए पनि उक्त स्कुलले बन्दको अवज्ञा गरेको भन्दै यस्तो कदम चालिएको विद्यार्थी नेताहरूले जनाएका छन्।

यस्तै, सोही विद्यार्थी टोलीले हिजो मात्रै काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र शिषामन्त्ती रघुजी पन्तको पुत्ला दहन गरेको थियो। अखिल क्रान्तिकारीका सचिव डीबी शाहीका अनुसार पूर्व घोषणा गरिएको चरणबद्ध संघर्ष कार्यक्रम अन्तर्गत जनताको आह्वानलाई अवहेलना गरेको ठहर गर्दै गाडी तोडफोड गरिएको हो।

विद्यार्थीहरूले संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन, शिक्षाको निजीकरण र व्यापारीकरणको बढावा, साथै शैक्षिक माफिया र दलालहरूको संरक्षण गरिएको आरोप लगाएका छन्।

प्रकाशित मिति : ३ श्रावण २०८२, शुक्रबार  ६ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।