५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थलीमा अन्दाजी ४० वर्षका पुरुषको शव फेला



काठमाडौं । काठमाडौं कागेश्वर मनोहरा नगरपालिका–५, थली स्थित खाली चौरमा एक पुरुषको शव फेला परेको छ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार अन्दाजी ४० वर्ष जतिको पुरुष मृत अवस्थामा भेटिएका हुन्। हालसम्म शवको पहिचान (सनाखत) हुन सकेको छैन।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको जनाएको छ। शवको कारण र घटनाको पृष्ठभूमि खुलाउनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, मंगलबार  १ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।