५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा नयाँ कीर्तिमान



काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो।

आज सुनको मूल्य प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर एक लाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। त्यसयता घटेको सुनको मूल्य फेरि अहिलेसम्मकै उच्च बनेको हो।

 

हिजो सुनको मूल्य एकलाख ९६ हजार ६ सय रुपैयाँ थियो। गएको आइतबार पनि सुन प्रतितोला तीन हजार चारसय रुपैयाँ बढेको थियो। हिजाे भने सुनकाे मूल्य एकसय रुपैयाँ मात्रै बढेकाे थियाे।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर दुईहजार दुईसय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८२, मंगलबार  ११ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।